दफा १०
हुलाक महसुल वा अरु रकमहरु असूल गर्दाको
: हुलाक महसुल वा अरु दस्तुर वापत कुनै व्यक्ति उपर लागेको कुनै रकम निजले तिर्न इन्कार गरेमा हुलाक हाकिमले प्रचलित नेपाल कानून बमोजिम लागेको जरिवाना असूल गर्दाको कार्य प्रणाली र अधिकार प्रयोग गरी सो रकम असुल उपर गर्न सक्नेछ र त्यस्तोव्यक्तिले बाँकी रकम नतिरेसम्म निजको नाममा आएको सरकारी वाहेक अरु हुलाक वस्तुहरु डेलिभरी नगरी रोक्का राख्न सक्नेछ ।